पोखरादेखि जोमसोम उडेको तारा एयरको जहाज सम्पर्क विहीन

Ad
  • Kalopati

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरलाइन्सको विमान सम्पर्क विहीन भएको छ । पोखरा विमानस्थलबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोम उडेको जहाज सम्पर्कविहीन भएको पोखरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले जानकारी दिए ।

विमानमा १९ यात्रु र चालक दलका तीन सदस्य रहेको जनाइएको छ । जहाजको खोजी सुरु भएको गौतमले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ । –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: