मोरङको महेशपुरमा एक पुरुषको शव फेला

Ad
  • Kalopati

विराटनगर । मोरङको कटहरी गाउँपालिका–१ महेशपुरमा आइतबार बिहान एक पुरुषको शव फेला परेको छ । कटहरी–२ आदर्श टोलका ५० वर्षीय तुलसी श्रेष्ठको शव फेला परेको हो । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार सडक छेउको नाली नजिकै बाँझो खेतमा शव फेला परेको हो ।

शवको निधारको भागमा चोट पटक भएका कारण हत्या गरेर फ्यालेको हुनसक्ने प्रहरीको आशंका छ । स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले घटनाको तालिम प्राप्त कुकुरसमेत परिचालन गरी घटनाको अनुसन्धान सुरु गरेको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: