‘स्रोतको अभाव हुनसक्छ, सहयोग उपलब्ध गराइदिनुस्’ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पौडेल

Ad
  • Kalopati

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयमा सूचना तथा सञ्चार प्रविधि९आइसीटी० माध्यमबाट शैक्षिक प्रशासन एवम् शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न लागेको बताएका छन् । विकास साझेदार एवम् विज्ञसँग आज मन्त्रालयमा आयोजित प्रि–बजेट समीक्षा बैठकमा मन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले कोभिडको समयमा गुमेको सिकाइ क्षति कम गराउन शैक्षिक क्षतिपूर्ति योजना बनाएर अघि बताए ।

उनले समयवद्धरूपमा विद्यालय, शिक्षालय एवम् उच्च शैक्षिक संस्थाको पूर्वाधार पूरा गर्ने योजनाका साथ अघि बढेको सुनाए । “शिक्षक दरबन्दी, शैक्षिक गुणस्तर र विद्यालयको भौतिक संरचना बनाउने योजनाका साथ अघि बढेका छौँ,” मन्त्री पौडेलले भने, “यी कार्य पूरा गर्न आगामी तीन वर्ष लाग्न सक्न । यसमा दातृ निकायले सहयोग गर्नुपर्यो ।” प्राविधिक तथा व्यवसायिक शिक्षा र सीप विकासको कार्यमा पहुँच र गुणस्तर बढाउन प्रत्येक स्थानीय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षालयको पहुँच विस्तार, सिकेको ज्ञान र सीपलाई रोजगारी, आयआर्जनसँग आवद्ध गर्ने गरी सिक्दै कमाउँदै कार्यक्रम परीक्षणरुपमा कार्यान्वयनमा ल्याएको बताए ।

मन्त्री पौडेलले बदलिँदो परिवेशअनुकुल शैक्षिक गुणस्तर सुधार हुने गरी विद्यालय शिक्षा सुधार योजना तयार गरिएको बताए । विद्यार्थीको सिकाइ उपलब्धी बढाउने विषय र शिक्षक र अभिभावबीचमा निरन्तर संवाद गर्ने विषयसमेत सुधारको प्राथमिकताका क्षेत्र रहेको बताउँदै शिक्षकको पेशागत सहयोग र जवाफदेहीता कार्यलाई प्राथमिकतामा राखेको बताए । बैठकमा विकास साझेदारीका प्रतिनिधिले भुकम्पपछि विद्यालय पुनःनिर्माण, शिक्षा र शिक्षण सिकाइ प्रक्रियाका लागि सहयोग गर्दै आइरहेको बताएका थिए ।

शिक्षामन्त्रीसँग जापानका राजदूतको शिष्टचार भेट

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग जापानका राजदूत किकुता युताबीच भेटवार्ता भएको छ । शुक्रबार मन्त्रालयमा भएको भेटवार्तामा नेपालले विद्यालय शिक्षा क्षेत्रमा रुपान्तरणकारी विकास गर्न १० वर्षको विद्यालय शिक्षा योजना तर्जुमा गरिरहेका बताउँदै सहयोग गर्न मन्त्रीले आग्रह गरे ।

जापान सरकारबाट नेपालको शैक्षिक विकासका लागि सहयोग प्राप्त हुने बताउँदैमन्त्री पौडेलले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुनेमा विश्वास व्यक्त गरे । भेटवार्तामा अध्ययनका लागि जापान गएका विद्यार्थीको अवस्था र उत्पादित जनशक्तिको विषयमा छलफल भएका थिए । –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: