सरावल गाउँपालिकामा एमाले अगाडि, वडा नं ७ मा माओवादीको विजयी

Ad
  • Kalopati

नवलपरासी । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सरावल गाउँपालिकामा नेकपा एमालेको अग्रता निरन्तर छ । पछिल्लो पटक पाँच हजार ९७७ मतगणना हुँदा एमालेका सुखाडीप्रसाद चौधरी दुई हजार १४६ मतका साथ अग्रस्थानमा छन् भने उनिका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका अनिलकुमार गौंडले एक हजार २७५ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा एमालेकी बासमती हरिजन एक हजार ९१० मतका साथ अग्रस्थानमा छन् , भने उनलाई नेपाली कांग्रेसकी उत्तमा रायले एक हजार ५४० मतले पछ्याइरहेका छन् । प्राप्त मतपरिणाम अनुसार वडा नं ७ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका ह्यात खाँ धुनियाले ९२६ मत प्राप्त गरी दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका निकटम प्रतिद्वन्दी एमालेका मनोहर यादवले ८६५ मत प्राप्त गरेका छन्। वडा नं ७ को मतगणना सकिएको छ भने वडा नं १ र ६ को मतगणना जारी छ । सात वडा रहेको उक्त गाउँपालिकामा कूल मतदाता २५ हजार ९१२ रहेकामा २१ हजार २२ मत खसेको थियो ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: