मकवानपुर गढी गाउँपालिकामा विवाद भएपछि तत्कालका लागि मतगणना स्थगित

Ad
  • Kalopati

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा मतगणना स्थगित भएको छ । सर्वदलीय बैठकको क्रममा मतगणना सुरु हुनु अघि गाउँपालिकाका कर्मचारी जिन्सी शाखा प्रमुख युवराज पौडेललाई मतगणनामा सहभागी नगराइने सहमति भएपनि उनलाई मतगणनाको क्रममा चेकजाँच नगरी भित्र पठाएको भन्दै विवाद भएपछि तत्कालका लागि स्थगित भएको हो ।

अहिलेसम्म गाउँपालिकाका वडा नम्बर १ र ८ को मतगणनामा गठबन्धनका उम्मेदवार अगाडि देखिएको छ । गठबन्धनलाई एमालेले पछ्याउँदै आएको छ । १ नम्बरको १०० र वडा नम्बर आठको २०० मत गणना हुँदा गाउँपालिका अध्यक्षको गठबन्धनबाट नेपाली कांग्रेसका दोर्जे लामा स्याङतानले १ सय ७४ मत प्राप्त गरेका छन् ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: