प्रधानमन्त्री मोदीको सुरक्षा व्यवस्थाका लागि भारतीय वायुसेनाको विमान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा

Ad
  • Kalopati

बुटवल । भारतीय सुरक्षाकर्मी स्पेशल प्रोटेक्सन गार्ड लिएर भारतीय वायु सेनाको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको छ । बुद्धजयन्तीका दिन भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी भ्रमणमा आउने कार्यक्रम तय भएसँगै सुरक्षा व्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी एसपिजी स्पेसल प्रोटेक्सन गार्ड लिएर बुधबार बिहान विमान भैरहवामा अवतरण गरेको हो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्याम किशोर शाहका अनुसार भारतीय वायुसेनाको इलुसियन विमान आईसी–७६ दिल्लीबाट काठमाडौं हुँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आएको हो ।  नयाँ विमानस्थल भएका कारण जहाज सिधै भैरहवा अवतरण नगरी काठमाडौं आएर गरेको हुन सक्ने बताइएको छ ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: