दोलखाको तामाकोशीमा उपसभापति सहितका कार्यकर्तालाई कांग्रेसले गर्यो पार्टीबाट निष्कासन

Ad
  • Kalopati

दोलखा । नेपाली कांग्रेस दोलखाले बागी उम्मेदवारी दिनेका प्रस्ताव, समर्थक तथा सहयोगीहरुसहित १९ जना नेता कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको छ । जिल्ला सभापति बर्मा लामाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पाटी विपरित तामाकोशी गाउँपालिका वडा नम्बर २ झुलेका स्वतन्त्र उम्मेदवारको प्रस्तावक र समर्थकमा रही पार्टीलाई हानी हुने कार्य गरेको उल्लेख गर्दै नेता कार्यकर्तालाई निष्कासन गरेको हो ।

कारबाहीमा पर्नेमा स्वतन्त्र उम्मेदवार ईश्वर कार्की, अविदित कार्की, क्षेत्रिय प्रतिनिधि पुस्कर सुनावर, संगिता वि.क, चक्र ध्वज कार्की, हरिशण केशी, बाशुदेव कार्की, नानी काजी तमाङ, कर्ण बहादुर कार्की, प्रदिप तमाङ, सम्भु कार्की, इन्दिरा कार्की, अच्चुत कार्की, सुजन कार्की र पालिका उपासभापति वरुण पाख्रिन, सचिव राजेन्द्र योज्जन, क्षेत्रिय प्रतिनिधि विनोद कार्की र धन बहादुर योञ्जन रहेका छन् । उनीहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्कासन गरिएको छ ।

 

 

 

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: