काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा मतदान गरेर मात्रै डडेलधुराबाट काठमाडौं फर्किने भएका छन् । सोमबार चुनावी सभामा सहभागी हुन डडेल्धुरा पुगेका प्रधानमन्त्री देउवा शुक्रबार मतदान गरेर मात्र काठमाडौं फर्किन भएका हुन् ।
सोमबार कैलालीको धनगढीमा पाँच दलीय गठबन्धनको चुनावी आमसभालाई सम्बोधन गरेर डडेल्धुरा गएका थिए । नेपाली काँग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदका अनुसार देउवाले आज अमरगढी नगरपालिका र भित्री मधेसमा पर्ने परशुराम नगरपालिकामा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेका छ ।