काठमाडौं । कोका–कोला कम्पनीले १३६औं वार्षिकोत्सव मनाएको छ । आइतबार सो कम्पनीले आफ्नो १३६ औं वार्षिकोत्सव मनाएको हो । ८ मे १८८६ माजर्जियाको डाउनटाउन एटलान्टास्थित एक सोडा फाउन्टेनबाट सुरु भएको कोका–कोला कम्पनी र यो उत्पादनका परिकल्पना एट्लान्टा फर्मासिस्ट डा। जोन एस पेम्बर्टनले गरेका थिए । आज यो पेय पदार्थ करोडौँ मानिसहरुको प्रिय भएको छ ।
कोका–कोला, कोका–कोला जेरो सुगर, फ्यान्टा, स्प्राइट र किन्ले लगायतका पेय पदार्थहरू उत्पादन गर्दै आएको कोका–कोलाले नेपालमा करिब ५ दशक अघि बालाजुको बोटलर्स नेपाल लिमिटेड र भरतपुरको बोटलर्स नेपाल तराई लिमिटेडमा दुई प्लान्ट स्थापना गरी आफ्नो व्यवसाय सन्चालन गर्दै आएको छ ।