आज सीता जयन्ती, भक्तिपूर्वक पूजा आराधना गरेर देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

Ad
  • Kalopati

काठमाडौं । हरेक वर्ष वैशाख शुक्ल नवमीको दिनलाई जानकी जयन्तीका रुपमा मनाइने गरिन्छ । राष्ट्रिय विभूति सीता उत्पत्ति दिवसका दिन सीताप्रति श्रद्धा, भक्तिपूर्वक पूजा आराधना गरेर देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत पुराणमा वर्णन गरिएको छ । भगवान विष्णुको छैटौँ अवतारका रुपमा अयोध्याका राजा दशरथका पुत्रको रुपमा श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रुपमा उत्पत्ति हुनुभएको धर्मशास्त्रविद्हरुको भनाइ छ ।

सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रुपमा सम्मान गरिन्छ । अयोध्याका राजा दशरथका छोरा राजकुमार रामसँग विवाह भएपछि पितृ आज्ञा पालना गर्न राम वनवास जाँदासँगै जानुभएकी सीताले रावणबाट हरण हुँदा पनि पतिव्रता धर्म नत्यागेको, रावणलगायत राक्षसमाथि विजयी प्राप्त गरी अयोध्या फर्केपछि राजा रामलाई लोकनिन्दाले काम गर्न असहज नहोस् भनेर महारानीको पद त्याग गरेर गर्भिणी भए पनि वनवास हिँडेकाले आदर्श नारीका रुपमा सीताको सम्झना गरिन्छ । आज जनकपुरको जानकी मन्दिरमा विशेष मेला लाग्ने गर्छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: