‘हामीले चाहे एक हप्तामा गठबन्धन ढल्छ, वैशाख ३० मा गठबन्धनको ढाड भाँचिन्छ’ : अध्यक्ष ओली

Ad
  • Kalopati

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुहरुले चाहे वर्तमान सत्ता गठबन्धन ढल्न एकहप्ता पनि नलाग्ने बताएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिँदै ओलीले हामीले चाह्यौं भने यो वर्तमान सत्ता गठबन्धन एक हप्तामा ढल्ने बताएका हुन् ।

उनले वैशाख ३० मा गठबन्धनको ढाड भाँचिने पनि बताएका छन्  । साथै उनले यो कुरा आफुले नभनेर ज्योतिषीहरूले नै घोषणा गरेको बताएका हुन् । ‘मैले भनेको मेरो कुरा होइन, मैले ज्योतिषीहरूले भनेको कुरा गरेको हुँ’, ओलीले ग्रह दशा हेर्ने र राजनीति हेर्ने दुइथरी ज्योतिषी हुने भन्दै भने, ‘अहिले दुवै प्रकारका ज्योतिषीहरू गठबन्धनका अगाडी महासंकट उत्पन्न हुँदैछ भन्छन् ।’ उनले नभए प्रधानमन्त्रीको आफ्ना ज्योतिषीहरूलाई सोध्न पनि आग्रह गरे ।

गठबन्धनको हर्ताकर्ता भन्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनका मतदातालाई तर्साएर हप्काएर यसरी भोट मागेको भन्दै उक्त घट्ना अत्यन्तै गलत, हानिकारक र अराजनीतिक भएको बताए ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: