सेप्टेम्बरमा हुने १९औं एसियाली खेलकुद अनिश्चित समयका लागि स्थगित

Ad
  • Kalopati

काठमाडौं । एसियाली खेलकुद अनिश्चित समयका लागि स्थगित भएको छ । चीनको होङझोउ शहरमा सेप्टेम्बरका लागि निर्धारित गरिएको एसियाली खेलकुदस्थगित भएको हो । आयोजक राष्ट्रले प्रतियोगिता सार्नुपर्ने कारण प्रष्टसँग उल्लेख गरेको छैन् ।

तर प्रतियोगिताको आधिकारिक वेवसाइटमा भने लेखिएको छ । तर, त्यसअघि नै चीनको सरकारी सन्चारमाध्यमले प्रतियोगिता स्थगित भएको पहिलो सूचना प्रशारण गरेको थियो । एसियन ओलम्पिक परिषदले सेप्टेम्बर १० देखि २५ सम्म तीनको होङझोउ शहरमा आयोजना हुने १९औं एसियाली खेलकुद स्थगित गर्ने निर्णय गरेको छ । आयोजक संस्थाको आधिकारिक वक्तव्यमा प्रतियोगिताको नयाँ मिति पछि निर्धारण गरिने उल्लेख छ । नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले पनि एसियाली खेलकुद सार्ने निर्णयको जानकारी कमिटीमा आएको बताए ।

नेपालले एसियाली खेलकुदमा २३ खेलमा सहभागी हुने निर्णय गरेको थियो । सोही अनुसार मे दोस्रो सातासम्म खेलाडी दर्ताको समय रहेकाले अहिले सहभागी हुने सबै खेलहरुले राष्ट्रिय टिम छनोट गरिरहेका थिए । अहिले चीनमा कोरोना संक्रमित सन् २०१९ को जनवरीमा महामारीको सुरुवाती समयको भन्दा धेरै महामारीको चपेटामा परेको छ । चीनको सबैभन्दा ठूलो शहर संघाईमा कोरोना संक्रमणदर ह्वात्तै बढेपछि साताव्यापी लकडाउनको घोषणा गरिएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: