मौसम विज्ञान विभागद्धारा राष्ट्रिय मौसम फोरम कार्यक्रम आयोजना, तापक्रम तथा वर्षाको ऋतुगत आँकलनको जानकारी गराइने

Ad
  • Kalopati

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले राष्ट्रिय मौसम फोरम २०७९ कार्यक्रम आयोजना गर्दैछ । विभागले कार्यक्रममार्फत सरोकारवाला निकायहरुलाई आगामी मनसुन सिजनमा तापक्रम तथा वर्षाको ऋतुगत आँकलनको जानकारी गराइने बताएको छ ।

साथै सरोकारवाला निकायहरुले यस्ता सूचना कसरी प्रयोग गर्ने भन्ने बारेमा पनि छलफल हुनेछ । यस्ता कार्यक्रमहरुले सरोकारवालाहरुको आवश्यक्ता पहिचान गरेर विभागले सोही बमोजिमको सेवा प्रवाहका लागि योजना तर्जुमा गर्न र सरोकारवालाहरुलाइ पनि यस्ता सूचनाका बारेमा थप जानकारी हासिल गर्ने अवसर हुने बताएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: