ब्राउनसुगर र नाईट्राभेट लागुऔषध सहित दुई जना पक्राउ

Ad
  • Kalopati

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ धुलियाबिटबाट लागुऔषध ब्राउनसुगरसहित दुई व्यक्तिलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–५ बाँके निवासी ३० वर्षीय सकिल मोहमद र सोही वडामा बस्ने २४ वर्षीय मनु खान रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्त एवं प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत र कर्णाली प्रदेश प्रहरी कार्यालय ब्युरोबाट खटिएको संयुक्त प्रहरी टोलीले आज नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको क १ प ५२९ नम्बरको मोटरसाईकललाई जाँच गर्दा ब्राउनसुगर र नाईट्राभेट लागुऔषध फेला पारेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मोटरसाईकल चालक मोहमद र सोही मोटरसाईकल पछाडि सवार खानलाई जाँज गर्दा दुई पुरिया प्लास्टिकमा बेरेर राखेको ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ, सात ट्याबलेट नाईट्राभेट बरामद गरिएको प्रवक्ता पाण्डेले बताए । पक्राउ परेका दुवैलाई सुर्खेत प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ । –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: