‘गठबन्धन एकताबद्ध भएर अघि बढेको छ’ : अध्यक्ष प्रचण्ड

Ad
  • Kalopati

भरतपुर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तासाझेदार दलबीचमा भएको गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा विजय हुने दावी गरेका छन् । भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसंग सङ्क्षिप्त कुराकानी गर्दै उनले गठबन्धन आफ्नो काममा एकताबद्ध भएर अघि बढेको छ भने ।

अध्यक्ष प्रचण्डले उम्मेदवारी उठ्न जो–कोहीलाई पनि स्वतन्त्रता रहेका जनाउँदै फैसला जनताका हातमा रहेको बताए । उनले भने , “निर्वाचन जित्न असहज छैन ।” भरतपुरमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य रेनु दाहाल प्रमुख पदको उम्मेदवार छन् । गठबन्धनले आज यहाँ चुनावी सभा आयोजना गर्दैछ ।

सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल बुधबार नै चितवन आइसकेका छन् । –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: