एमाले उम्मेदवार सुनिता डंगोलविरुद्ध अख्तियारमा उजुरी, मासिक ४५ हजारको हाराहारीमा गैरकानुनी रुपमा लिएको आरोप

Ad
  • Kalopati

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेबाट उम्मेदवार बनेकी सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । डंगोलविरुद्ध शैक्षिक योग्यता ढाटेर काठमाडौं महानगरपालिकामा विगत पाँच वर्षदेखि सल्लाहकारको नियुक्ति लिइ गैरकानुनी रुपमा तलब लिएको भन्दै अख्तियारमा उजुरी परेको हो । समाजशास्त्र विषयमा स्नातक तह उत्तीर्ण गरेको व्यक्ति कुनै पनि प्राविधिक तर्फको सल्लाहकार हुन नसक्ने उजुरीमा दाबी गरिएको छ ।

‘काठमाडौं महानगरपालिकामा रहेको शहरी विकास परियोजना जस्तो प्राविधिक विषयको ज्ञाता हुन पर्ने निकायमा समाजशास्त्र विषयमा स्नातक गरेको व्यक्ति काठमाडौं महानगरपालिका वडा २१ फसिगाँ बस्ने सत्तु डंगोलकी छोरी सुनिता डंगोलले आफूले प्राप्त नगरेको स्नातकोत्तर योग्यता प्राप्त गरेको छु भनि आफ्नो शैक्षिक योग्यता ढाँटी विगत ५ वर्षदेखि काठमाडौं मनपाको शहरी विकास परियोजनाको सल्लाहकारमा नियुक्त लिइ मासिक रु ४५ हजारको हाराहारीमा गैरकानुनी रुपमा प्राप्त गर्नु भएको छ’ अख्तियारमा डंगोलविरुद्धको उजुरीमा भनिएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: