रिभर फल्स पावर लिमिटेडको २७ लाख ३० हजार कित्ता आइपीओ खुल्दै, कहिलेबाट कहिलेसम्म दिन पाईन्छ आवेदन ?

Ad
  • Kalopati

संखुवासभा । रिभर फल्स पावर लिमिटेडले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन आईपीओ बिक्री खुला गर्ने भएको छ । आईपीओ वैशाख २८ गतेदेखि आउँदो जेठ ४ गतेसमम आवेदन दिन सकिने गरि कम्पनीले निष्कासन गर्ने लागेको हो । त्यस अवधिमा पर्याप्त आवेदन नपरेमा जेठ ११ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यमा २७ करोड ३० लाख रुपैयाँबराबरको २७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । जसमध्ये २ प्रतिशत अर्थात् ५४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् एक लाख ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । बाँकी रहेको २५ लाख ३८ हजार ९०० कित्ता सेयरका लागि आवेदन दिन सकिने छ ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका साथै मेरोसेयर वेब तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ । आईपीओमा १० कित्तादेखि एक लाख कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: