स्थानीय तहको निर्वाचन : दोलखामा गाउँ देखी सहरसम्म बढ्यो राजनैतिक चहलपहल

Ad
  • Kalopati

दोलखा । स्थानीय तहको निर्वाचन नजिके सगैँ जिल्लाका ग्रामीण बस्ती देखी सहरमा राजनैतिक चहलपहल बढेको छ । यतिबेला आफ्ना उमेदवार र पार्टीलाई जिताउन गाडी देखी पैदल हिड्ने राजनैतिक दलका कार्यकर्ताको लस्कर टोलटोलमा देखिन थालेको हो । अघिल्लो सातासम्म निकै सुनसान देखिने दोलखाको सदरमुकाम चरिकोट यतिबेला विभिन्न राजनैतिक दलका कार्यक्रम र ओहोरदोहोरले निकै चहलपहल देखिन थालेको छ ।

बिहान देखी बेलुकासम्म पार्टी विभिन्न गित र नारा घन्कि रहेको सुिन्नछ । बजारका होटल देखी भट्टीसम्म राजनीति कुरा मात्र गरेका देखिन थालेको छ । जिल्लाका गाउँघरमा समेत चुनावी माहोल तातेको छ् । जिल्लामा सक्रिय रुपमा रहेका मुख्य पाँच दल नेपाली कांग्रेस,नेकपा एमाले,नेकपा माओवादी,एकीकृत समाजवादी र राप्रपाले चुनावी राजनैतिक गतिविधि बढाएका छन् । यो समय राजनीति दलका नेता कार्यकर्ता जनता सामु भोट माग्न जनताका खेतबारिमै पुग्नेका छन् । दुई नगरपालिका र साता गाउँपालिका रहेको दोलखामा करिब साढे तेह्रसय जनाले विभिन्न पदमा उम्मेदवारी दिएर चुनाव चिन्ह समेत बुझिसकेका छन् ।

करिब ४ सय जनप्रतिनिधि आवस्यक पर्ने दोलखामा विभिन्न राजनैतिक दल र स्वतन्त्र तर्फबाट १३ सय ३९ जनाको उम्मेदवारी परेको छ । राजनीति चहलपहल बढेसंगै गाउँ घरदैलो कार्यक्रम लिएर जनताका घर आगनमै नेता पुग्न थालेका छन् । आफ्ना उम्मेदवारलाई जिताउन आ(आफ्ना पार्टीका झण्डा,ब्यानर,काड र उम्मेदवारको फोटो छाप्न चरिकोटका ब्यापारीलाई भ्याइनभ्याई छ्।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: