खानेपानी फोहर व्यवस्थापन र डुवानमुक्त सहर बनाउने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउने उम्मेदवारको प्रतिबद्धता

Ad
  • Kalopati

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको प्रमुख पदका उम्मेदवारले बनेपालाई विशेष गरी खानेपानीको समस्या समाधान, फोहरमैला व्यवस्थापन र डुवानमुक्त सहर बनाउने विषयलाई प्राथमिकतामा राखिएको बताएका छन् । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि बनेपा नगरपालिकाको प्रमुख पदका उम्मेदवार बनेका पाँच दलीय सत्तागठबन्धनका तर्फबाट शान्ति रत्न शाक्य र नेकपा एमालेका तर्फबाट रत्नकुश रञ्जितकारले खानेपानीको समस्या समाधान, फोहरमैला व्यवस्थापन र डुवानमुक्त सहर बनाउने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

नगर प्रमुखका उम्मेदवार शाक्यले आफू निर्वाचित भएपछि बनेपालाई व्यवस्थित सहरको रुपमा विकास गर्ने, बजार क्षेत्रको राजमार्ग सफा गर्ने र फोहरमैलाको उचित व्यवस्थापनको योजना अगाडि सार्ने बताउँदै खानेपानी र डुवानको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । बनेपालाई पर्यटन र कृषि सहरको रुपमा विकास गर्नेलगायतका विषयलाई समेटेर काम गर्ने बताउँदै उनले यो सहरलाई प्रविधिकयुक्त बनाइने, बनेपाका बाक्लो बस्तीमा निःशुल्क वाइफाइ सेवा पु¥याउने, पुरानो सम्पदाको संरक्षण र सडक व्यवस्थापनलाई प्रमुख प्राथमिकता राखेर काम गर्ने उल्लेख गरे । उनले बनेपा नगरकोट पर्यटकीय सडकलाई विशेष प्राथमिकतामा राखिने उल्लेख गर्दै कृषि र पर्यटक क्षेत्रको पूर्वाधार विकासमा आफूले जोड दिइने बताए ।

त्यस्तै नगरप्रमुख पदका अर्का उम्मेदवार रञ्जीतकारले चार महिनाभित्रमा खानेपानी समस्या समाधान गर्ने र छ महिनाभित्रमा फोहरमैला व्यवस्थापनअन्तर्गत घरबाट नै फोहर कम उत्पादन गर्ने खालको नीति ल्याउने प्रतिबद्धता व्यक्त गरे । उनले डुवानमुक्त तथा धुलो, धुवाँ, हिलो र ध्वनी प्रदूषणमुक्त सहर बनाउने उल्लेख गर्दै आर्थिक रुपमा सबल र सक्षम सहरको रुपमा यसलाई विकास गर्ने योजना सुनाए । –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: