बैंक अफ काठमाण्डूको नयाँ शाखा कास्कीको पावरहाउसमा, उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराने बैंक प्रतिबद्ध

Ad
  • Kalopati

कास्की । बैंक अफ काठमाण्डू लिमिटेडको पोखरा महानगरपालिका वडा नं. ३० पावरहाउस चोकमा आज वैशाख १६ गतेबाट नयाँ शाखा सञ्चालनमा ल्याएको छ । पावरहाउस शाखाको उद्घाटन एक समारोहबीच लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय तथा बैंककी सञ्चालक मोहना लोहनीबाट संयुक्त रुपमा गरेका छन् ।

कार्यक्रममा सञ्चालक लोहनीले ग्राहकको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराउँदै जानेमा बैंक प्रतिबद्ध रहेको बताइन् । उनले गण्डकी प्रदेशमा थप शाखा कार्यालयहरु पनि चाँडै सञ्चालनमा ल्याउने योजना बैंकको रहेको जानकारी गराइन् ।

कार्यक्रममा अध्यक्ष आत्रेयले बैंक अफ काठमाण्डूलाई पावरहाउस क्षेत्रमा स्वागत गर्नुका साथै स्थानीय उद्योगव्यवसाय क्षेत्र तथा स्थानीय सर्वसाधारणको आवश्यकतालाई ध्यानमा राखी बैंकले सेवा प्रदान गर्ने विश्वास लेखनाथ उद्योग वाणिज्य संघले लिएको बताए । बैंकको अगामी दिनहरुमा सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा उपलब्ध गराउने अभिप्रायले थप शाखाहरु सञ्चालन गर्ने योजना अगाडि रहेको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: