‘कागजमा महिलालाई बराबर हक अधिकारको कुरा गरेर बाहिर दोस्रो दर्जाको सोच्ने प्रवृत्तिलाई हटाउनुपर्छ’ : महामन्त्री थापा

Ad
  • Kalopati

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अब महिलालाई काठमाडौं महानगरको जिम्मेदवारी दिने स्थानमा पुयाउन अपिल गरेका छन् । बिहीवार काठमाडौंको मेयरमा उम्मेदवार दिएकी सिर्जना सिंहको प्रतिवद्धतापत्र सर्वाजनिक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले काँग्रेसले जनताका समस्यालाई समाधान गर्नसक्ने मेयरको रुपमा काठमाडौं महानगरपालिकामा महलिालाई मेयरमा उठाएको दाबी गरे ।

महामन्त्री थापाले कागजमा महिलालाई बराबर हक, अधिकारको कुरा गरेर बाहिर दोस्रो दर्जाको सोच्ने प्रवृत्तिलाई हटाउन आवश्यक रहेको बताए ।  महामन्त्री थापाले साना साना काठमाडौंवासीका समस्या समाधान गर्छु भनेर लाग्ने महिलालाई स्थान दिन चुकेमा काठमाडौंवासीले स्वच्छ, हराभरा र सुरक्षित काठमाडौंको कल्पना गर्न नसक्ने बताए ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: