गभर्नर अधिकारीको रिट निवेदनको सुनुवाई आज हुँदै

Ad
  • Kalopati

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाई बिहिबार आज हुँदैछ । बुधवार सुनुवाई नसकिएकोले हेर्दाहेर्दैमा रहेको रिट निवेदनको सुनुवाई आज हुन लागेको हो ।

न्यायाधीशहरु सपना प्रधान मल्ल र टंकप्रसाद मोक्तानको संयुक्त इजलासमा सुनुवाई प्रारम्भ भएपनि समय अभावका कारण बिहीवारका लागि हेर्दाहेर्दैमा राखिएको थियो । गभर्नर अधिकारीले बिना कारण आफूमाथि छानबिन समिति गठन गरिएको भन्दै गत वैशाख ४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

गत वर्षको चैत्र २५ गते बसेको मन्त्रीपरिषद्ले गभर्नर अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने निर्णय गरेसँगै उहाँ निलम्वनमा परेका थिए । न्यायाधीश हरिप्रसाद फुँयालको वैशाख ६ गतेको एकल इजलासले जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएसँगै गभर्नर अधिकारी काममा फकिएका थिए ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: