काठमाडौं । २३औं मनमोहन स्मृति दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । मनमहोन स्मृति प्रतिष्ठानले आज विशेष कार्यक्रम आयोजना गरेर मनमोहन स्मृति दिवस मनाउने भएको हो । प्रतिष्ठानले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा स्मृति दिवस मनाउन लागेको हो ।
नेपालको वाम प्रजातान्त्रिक आन्दोलनका नेता अधिकारीको नेतृत्वमा नेकपा एमालेले २०५१ मा ९ महिना सरकार चलाएको थियो । अधिकारी प्रधामन्त्री बनेका बेला उनले आफ्नो गाउँ आफैँ बनाउँदेखि सामाजिक सुरक्षाभत्ता, गाउँगाउँमा सहकारी, महिला र पुरुषको नाममा संयुक्त रजिस्टेशन पास लगायतका लोकप्रिय कार्यक्रमको शुरुवात गरेका थिए । उनको सरकारले २०५२÷०५३ देखि ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिन शुरुवात गरेको थियो ।