काठमाडौं । खल्ती डिजिटल वालेटमा माछापुच्छ्रे बैंकको खाता लिंक गर्ने सेवा उपलब्ध भएको छ । खल्ती र माछापुच्छ्रे बैंकबीचको यससम्बन्धी साझेदारी भएको हो । यस सेवा सुचारु भएलगत्तै ‘खल्ती’ सँग पहिलोपटक बैंक लिंकका रुपमा माछापुच्छ्रे बैंक लिंक गर्ने सबै प्रयोगकर्ताले एक सय बोनस तुरुन्तै प्राप्त गर्ने छन् । यसका साथै एकजना भाग्यशाली प्रयोगकर्ताले सामसुङ स्मार्टफोन पनि जित्न सक्नेछन्।
दुवै बोनस र स्मार्टफोन आफ्नो माछापुच्छ्रे बैंकको खाता खल्तीमा पहिलो पटक लिंक गर्ने कुनै पनि प्रयोगकर्ताका लागि लागू हुनेछ । बैंक लिंक गर्न प्रयोगकर्ताले आफ्नो केवाईसी भने भेरिफाई गरेको हुनुपर्छ । एकपटक प्रयोगकर्ताले बैंकलाई लिंक गरेपछि यसमार्फत वालेट लोड नगरी केही ट्यापमै पानी, इन्टरनेट, बिजुली, सरकारी राजस्व, टिकट बुकिङ र अन्य उपलब्ध सेवाजस्ता बिलहरुको प्रत्यक्ष भुक्तानी गर्न सकिनेछ। यस प्रकारका सेवाले समय बचतका साथ–साथै भुक्तानी सहज पनि बनाउँछ ।
माछापुच्छ्रे बैंकको खाता ‘खल्ती’मा लिंक गर्न प्रयोगकर्ताले निम्न कुरा गर्नुपर्छ
- ‘खल्ती’ को होमस्क्रिनमा रहेको लिंक बैंक अकाउन्टमा ट्याप गर्नुपर्छ ।
- त्यहाँ लिंक बैंक टु खल्तीमा ट्याप गर्नुपर्छ ।
- माछापुच्छ्रे बैंक छानी बैंक खाता नम्बर हाल्नुपर्छ र सब्मिटमा ट्याप गर्नुपर्छ ।
- जानकारी ठिक भए लिंक बैंक मा ट्याप गर्नुपर्छ ।
- ओटीपी भेरिफिकेसन कोड भर्नुपर्छ र भेरिफाइमा ट्याप गर्नुपर्छ ।
त्यसपछि प्रयोगकर्ताको ‘खल्ती’बाट बैंक खाता लिंक तुरुन्तै हुनेछ। यसलगायत ‘खल्ती’ मा थप १९ बढी बैंकको खाता लिंक गर्न सकिन्छ ।