पूर्व राज्यमन्त्री झाको निधन

Ad
  • Kalopati

काठमाडौँ । संविधानसभा सदस्य डा. डिम्पलकुमारी झाको आज बिहान निधन भएको छ । क्यान्सर रोगबाट पीडित उनीको आज बिहान काठमाडौँको रानीबारीस्थित निवासमै निधन भएको हो ।

पूर्व राज्यमन्त्रीसमेत रहनुभएकी झा हाल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट मधेश प्रदेशको प्रदेशसभा सदस्य थिए । लोसपाका नेता एवं पूर्वमन्त्री अनिल कुमार झाकी पत्नी उनी दुई वर्षदेखि क्यान्सरबाट पीडित थिए ।

करिब दुई महिना अघिदेखि भक्तपुर क्यान्सर अस्पतालमा उहाँको उपचार भइरहे पनि पछिल्लो समय चिकित्सको सल्लाहमा घरमै रेखदेख भइरहेकामा आज बिहान निधन भएको लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए । –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: