माओवादी आन्दोलनबाट विभाजित सबै नेता कार्यकर्ताहरुलाई एकतामा आउन अध्यक्ष दाहालको आव्हान

Ad
  • Kalopati

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी आन्दोलनबाट विभाजित सबै नेता, कार्यकर्ताहरुलाई एकतामा आउन आव्हान गरेका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा नेपाल कम्युनिष्ट पार्टीको ७३औँ स्थापना दिवस तथा १५२औँ लेनिन जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले माओवादी आन्दोलनबाट विभाजित सबै नेता, कार्यकर्ता तथा पार्टीहरुलाई एकतावद्ध हुन आव्हान गरेका हुन् ।

अध्यक्ष दाहालले विगतमा कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध बनाउनका लागि नेकपा(एमाले)सँग एकिकरण गरेको उल्लेख गर्दै एमाले नेतृत्वको वैचारिक तथा सांस्कृतिक विचलन र व्यक्तिवादी विर्सजनवादी चिन्तनका कारणले सफल हुन नसकेको बताए । उनले एमालेभित्रका वाम गठबन्धनका पक्षधरहरुले पार्टीभित्र संघर्ष गर्नुपर्ने पनि बताए ।

अध्यक्ष दाहालले माओवादी आन्दोलनमा उत्साहपूर्ण ध्रुविकरणको प्रक्रिया सुरु भएको बताए । विगतमा पार्टी छोडेर जानेहरुले विभाजनको औचित्य पुष्टि गर्न नसकेर मुल घरमै फर्किने क्रम बढेको उनको भनाई छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: