कामना सेवा विकास बैंकको आठौँ शाखारहित बैंकिङ सेवा सञ्चालन, अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्य

Ad
  • Kalopati

लमजुङ । कामना सेवा विकास बैंक लिमिटेडले थप नयाँ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ सेवा शुभारम्भ गरेको हो ।

लमजुङ जिल्लाको मध्यनेपाल नपा–२ सोतीपसलमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । सोतीपसलस्थित पौडेल इलेक्ट्रिक पसल प्रो। लक्ष्मण पौडेललाई शाखारहित बैंकिङ सञ्चालनका लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । कामना सेवा विकास बैंकका सञ्चालक चतुराखर अधिकारी, वडा नं. १ का वडाअध्यक्ष चन्द्रमणि पौडेल तथा वडा नं। २ का वडाअध्यक्ष पदमबहादुर थापाले संयुक्त रुपमा उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए ।

कार्यक्रममा उद्योग वाणिजय संघका अध्यक्ष ऋषिराम पुरी र मंगला माध्यमिक विद्यालयका प्रधानध्यापक विष्णुहरि बास्तोलालगायत बैंकका अन्य कर्मचारी, व्यावसायिक प्रतिनिधि तथा स्थानीय उपस्थिति थियो ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: