निर्माणको काम अगाडी बढाउनका लागि सरकारले अविलम्ब मुल्यवृद्धि निर्देशिका भाग–२ ल्याउनुपर्ने व्यवसायी महासंघको माग

Ad
  • Kalopati

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्रीहरुमा अप्रत्यासित रुपमा मुल्यवृद्धि भएको भन्दै मुल्यवृद्धि निर्देशिका भाग २ ल्याउन माग गरेको छ । बिहीवार महासंघले ताहाचलस्थित सार्वजनिक खरिद अनुगमन कार्यालयमा धर्ना गर्दै मुल्यवृद्धि निर्देशिका भाग –२ ल्याउन माग गरेको हो ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण सामग्रीको अप्रत्यासित रुपमा मुल्यवृद्धि हुँदा निर्माणको काम अगाडी बढाउन नसकिएको बताए । उनले निर्माणको काम अगाडी बढाउनका लागि सरकारले अविलम्ब मुल्यवृद्धि निर्देशिका भाग–२ ल्याउनुपर्ने बताए । सरकारले निर्देशिका नल्याएमा कन्ट्रक्शन होलिडेमा जानुपर्ने अवस्था आउने उनले बताए ।

महासंघले बिहान ११ बजेदेखि १२ बजेसम्म सार्वजनिक खरिद अनुगमन कार्यालयमा शान्तिपूर्ण धर्ना कार्यक्रम गरेको हो । बिगतमा सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि माग सुनुवाइ नभएकाले बिरोधको कार्यक्रमलाई निरन्तरता दिइने महासंघले जनाएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: