व्यावसायिक बङ्गुर पालनबाट मनग्य आम्दानी, बङ्गुर पकेट क्षेत्र घोषणा गरेर किसानलाई प्रोत्सान

Ad
  • Kalopati

देउखुरी । आफ्नै भूमिमा केही गर्नुपर्छ भन्ने सोचका साथ अघि बढ्ेका घोराही–१७ का शालिकराम घर्तीमगर अहिले बङ्गुरपालनमा जम्नु भएको छ । कोरोना सङ्क्रमणका कारण दुई वर्ष अघि भारतबाट उनको घर फर्किए । घर फर्किएपछि घर खर्च चलाउन उनलाई धौधौ प¥यो । अनी घोराही–१७ कर्जाहीमा घर्तीमगरले व्यावसायिकरुपमा बङ्गुरपालन सुरु गरे ।

उनले २१ वर्षसम्म भारतमा होटलमा काम गरेका थिए । कोरोनाबाट सङ्क्रमित भएपछि घर्तीमगर घर फर्किन बाध्य भए । केही गर्नुपर्छ भन्ने मनसायले उनले घर छेउमा सानो खोर बनाए । “दुईवटा बङ्गुरबाट व्यवसाय सुरु गरे”, उनले भने । कारोना कहर नघटेपछि घर्तीमगरलाई भारत जान सम्भव भएन । यही व्यवसायलाई विस्तार गर्ने सोचले उनले १५ कट्ठा जग्गा वार्षिक रु १० हजारका दरले भाडामा लिई व्यवसाय बढाए । रु दुई लाख ५० हजारको लगानीमा १२ पाठापाठी र ६ खोर थपेर व्यवसाय बढाएको घर्तीमगर बताउँछन् । “अहिले सात माउ, २१ पाठापाठी र दुई भाले बङ्गुर पालेको छु”, उनले भने ।

डिउरो र योर्कसायर जातका बङ्गुर उनले पालेका छन् । छोटो समयमा मनग्य आम्दनी गर्न सम्भव भएको घर्तीमगरको भनाइ छ । व्यावसायिक बङ्गुरपालनबाट पछिल्लो समयमा मनग्य आम्दानी हुन थालेपछि उनि उत्साहित भएको बताउँछन् । सस्तो र कम खर्चमा आम्दानी गर्न सकिने भएपछि उनले व्यावसायिकरुपमा बङ्गुरपालन थाल्लेका हुन् । घाँस र दाना खुवाएर घर्तीमगर बङ्गरपालनमा रमाएका छन् । एउटा माउले वर्षमा दुईपटक बच्चा दिन्छ र चार वर्षसम्म निरन्तर दिइरहन्छ । एक पटकमा १५ देखि १६ सम्म बच्चा दिन्छ । उनले १२ खोरमा फरक फरक उमेरका बङ्गुर पालेका छन् । “अब मासुका लागि छुट्टै खोर बनाउने सोचाइ बनाएको छु”, उनले भने ,“फ्रेसहाउस आफैल सञ्चालन गर्ने योजना छ ।” पैतालीस दिनको पाठापाठी रु पाँच हजारका दरले बिक्री हुने गरेको घर्तीमगरले बताए ।

घोराही–६ स्थित शुभलक्ष्मी वचत तथा ऋण सहकारी संस्थाबाट रु दुई लाख ५० हजार ऋण लिएर व्यावसाय सुरु गरेको उनले बिगत सुनाए । बङ्गुर बिक्री गरेको आम्दानीबाट अर्को वर्ष ऋण चुक्ता गर्ने सोचाइ उनको छ । मकै, गहुँबाट घरमै उत्पादन गरेको दाना र घोराही बजारका पाँच होटलबाट दानाको व्यवस्था गरेको र दाना दिएबापत होटललाई मासिक रु ३०० देखि रु एक हजार दिने गरेको घर्तीमगर बताउँछन् । दाङको हावापानी सुहाउँदो पाख्रीबास, लैडरस, डिउरो, योर्कसायर जातका बङ्गुुरलाई राम्रो मानिन्छ ।

यी बङ्गुरले छिटोछिटो बथानको सङ्ख्या बढाउने भएकाले छोटो समयमा राम्रो आम्दानी दिने भएकाले यसको व्यवसाय फस्टाएको हो । घोराही उपमहानगरपालिका पशु सेवा कार्यालय प्रमुख कृष्ण बस्नेतले घोराहीमा ११२ बङ्गुुर फार्म दर्ता भएको बताउँछन् । बङ्गुर पकेट क्षेत्र घोषणा गरेर किसानलाई प्रोत्सान दिने गरिएको छ । बङ्गुरपालक किसानले वर्षमा रु १२ लाखदेखि रु १५ लाखसम्म आम्दानी गर्दैआएका छन् । गत वर्ष नश्ल सुधार कार्यक्रमअन्तर्गत ललितपुरको खुमलटारबाट १० भाले बङ्गुर ल्याएर वितरण गरेको उनले बताए । –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: