ताप्लेजुङमा बढ्यो दूधको मूल्य, हेर्नुहोस् प्रतिलिटर कति ?

Ad
  • Kalopati

ताप्लेजुङ । ताप्लेजुङमा दूधको मूल्य वृद्धि भएको छ । प्रतिलिटर ६० रुपियाँमा कारोबार हुँदै आएको दूधको मूल्यमा प्रतिलिटर २० रुपियाँले वृद्धि गरेर प्रतिलिटर ८० रुपियाँ पु¥याइएको छ । सदरमुकाम फुङ्लिङ बजारमा सोमबारदेखि नै वृद्धि गरिएको मूल्यअनुसार दूधको कारोबार भईरहेको छ ।

दूध उत्पादक तथा व्यवसायीले अत्यन्तै न्यून फाइदा राखेर प्रतिलिटर ६० रुपियाँमा दूधको कारोबार गर्दै आएका थिए । कुनै समय घाटासमेत बेहोर्नुपर्ने अवस्था रहेकाले मूल्य वृद्धि गर्नु बाध्यता भएको ताप्लेजुङ डेरी व्यवसायी सङ्घ, जिल्ला तदार्थ समितिका संयोजक कृष्णकुमार बस्नेत बताए । दूध उत्पादकले प्रतिलिटर १० रुपियाँ र व्यवसायीले १० लिने योजनासहित दूधको मूल्य वृद्धि गरिएको बस्नेत जानकारी दिए ।

जिल्लामा दूधको मूल्य वृद्धि गरे पनि सरकारले निर्धारण गरेको राष्ट्रिय मूल्य दरभन्दा कम भएको देखिन्छ । पछिल्लो पटक सरकारले दूधको मूल्य प्रतिलिटर ८६ रुपियाँ तोकेको छ । सरकारले तोकेअनुसार नै जिल्लामा पनि दूधको मूल्यवृद्धि गर्नुपर्ने धेरै उत्पादक तथा व्यवसायीको जोड रहेको छ । थोरै भए पनि उपभोक्तालाई समेत राहत होस् भन्ने उद्देश्यले २० रुपियाँ मात्र वृद्धि गरिएको सङ्घले जनाएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: