सत्ता गठबन्धनको बैठक पुनः सुरु

Ad
  • Kalopati

काठमाडौं । सत्ता गठबन्धन दलका शीर्ष नेतासहितको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । यसअघि आज बिहान बसेको बैठकमा दलहरुले महानगर र उपमहानगरको भागबण्डाका विषयमा दावी पेश गरेका थिए । महानगर र उपमहानगरमा दलहरुले दावी नछोडेपछि ३ घण्टा बसेको बैठक विना निष्कर्ष सकिएको थियो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, अध्यक्ष पुष्प कमल दाहल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, बाबुराम भट्टराई, ज्ञानेन्द्र कार्की, नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन जस्ता अन्य नेतहरुको सहभागी रहेको छ ।

बैठकमा विशेषगरी ६ महानगर र ११ उपमहानगरपालिकाको भागबण्डाका बारेमा छलफल भएपनि सहमति जुट्न सकस भएको छ । नेपाली काँग्रेसले ६ वटै महानगरपालिका नछोड्ने अडान राखेका छ भने उपमहानगरको हकमा पनि ६ भन्दा बढी दावी गरेको छ । त्यसैगरी माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाले पनि एक एकवटा महानगर आफुलाई चाहिने अडान राखेका छन् ।

 

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: