कालोपत्र गरिरहेको उपकरणमा आगलागी

Ad
  • Kalopati

बलेवा । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उपल्लो बिहुँ खण्डमा कालोपत्र गरिरहेको एक उपकरणमा आगलागी भएको छ । बिहुँ पोखरा खण्डमा कामका लागि प्रयोग भइरहेको ना१क ३०४४ नम्बरको अलकत्रा छर्ने उपकरणमा आगलागी भएको हो । कालोपत्रका लागि अलकत्रा तताइएको तेल निकाल्ने गेटवलको वासर फुटेर आगलागी भएको उपकरणका सहचालक टुप्पीनारायण तिमिल्सिनाले जानकारी दिए । आगलागी भएपछि कालोपत्रको काम रोकिएको छ ।

अमर माध्यामिक विद्यालय नजिकै रहेको सो उपकरणमा आगो लागेपछि गाउँ र विद्यालय बचाउन चालकले जोखिम मोलेर त्यसलाई बस्तीदेखि टाढा पुर्याएको सहचालक तिमिल्सिनाले बताए । स्थानीयवासी, धम्जा प्रहरी चौकीका सुरक्षाकर्मी र मेहर गणका सेनानी आशिष देवकोटाको नेतृत्वमा रहेका सैनिक टोलीले आगो नियन्त्रणमा लिएका थिए । उक्त उपकरण पूर्णरुपमा क्षति पुगेकाले करोडौँको सम्पतिमा क्षति भएको निर्माण व्यवसायीले बताए । –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: