नौ दिन आठ रात लामो बिस्का जात्रा सम्पन्न, सुख र समृद्घि, सहकाल हुने धार्मिक मान्यता

Ad
  • Kalopati

भक्तपुर । भक्तपुरको प्रसिद्घ बिस्का जात्राको अन्तिम दिन आज सोमबार तालाक्वस्थित कुम्हाले टोलमा ‘ल्हा मरुम्ह यसीँ’ हात नभएको लिङ्गो ढाल्ने जात्रा सम्पन्न भएको छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन बिहान उठाइएको लिङ्गो आज विधिपूर्वक पूजा गरी ढालिएको हो ।

ज्याठा गणेशको प्रतीक मानिने लिङ्गोको टुप्पोमा प्रसादका रुपमा हरियो घाँस र फूल राखिएको हुन्छ । यो लिङ्गोमा काठको नाकसमेत राखिएको हुन्छ । लिङ्गोमा बाँधिएको चार वटा डोरी फुकाएर सबैतिर तानातान गरी लिङ्गो ढाल्ने गरिन्छ । यो जात्रा सम्पन्न भइसकेपछि गःहिटिमा राखिएको भैरवनाथको रथलाई साँझ तान्न मिल्ने अवस्थामा राखिन्छ । यो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल हुनाका साथै सत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता छ । आजको जात्रासँगै नौ दिन आठ रात लामो बिस्का जात्रा सम्पन्न हुन्छ । –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: