स्याङ्जामा जीप दुर्घटना हुँदा एक बालकसहित पाँच जनाको मृत्यु

Ad
  • Kalopati

काठमाडौं । स्याङजाको वालिङमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । एक बालकसहित पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको हो ।

डाँडाखर्कबाट वालिङ बजारतर्फ आउँदै गरेको ग १ ज ७३९९ नम्बरको जीप वालिङ नगरपालिका १२ माथिल्लो डाँडाखर्क नजिक दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका चालकसहित ६ जनालाई उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: