नेपाल प्रेस युनियनले पाँच लाखको अक्षयकोष स्थापना, राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने

Ad
  • Kalopati

सुनसरी । नेपाल प्रेस युनियन सुनसरी शाखाले रु पाँच लाखको अक्षयकोष स्थापना गरेको छ । शाखाले एसजी अर्गनाइजेशनसँगको समन्वयमा सो राशि बराबरको अक्षयकोष स्थापना गरेको हो ।

अक्षय कोषका लागि शाखाका सभापति पवन अधिकारी र अर्गनाइजेशनका तर्फबाट अध्यक्ष शिव घिमिरेले साझदारी पत्रमा हस्ताक्षर गरेका छन् । शाखाले सो कोषमार्फत प्रत्येक वर्ष सुनसरीमा कार्यरत एक पत्रकारलाई रु ५१ हजार १०० राशिको र सोही संस्थासँगको सहकार्यमा प्रत्येक वर्ष राष्ट्रियस्तरमा कार्यरत एक पत्रकारलाई रु एक लाख एक हजार राशिको गोविन्द खेमकुमारी राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने अध्यक्ष अधिकारीले जानकारी दिए ।

व्यवसायी घिमिरेले आफ्ना बुबाआमाको स्मृतिमा युनियनसँगको सहकार्यमा सो कोष स्थापना गरे ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: