बारामा भरुवा बन्दुक पड्किएर २८ वर्षीय युवकको मृत्यु

Ad
  • Kalopati

वीरगञ्ज । बारामा भरुवा बन्दुक पड्किएर २८ वर्षीय सागर सिंजाली मगरको मृत्यु भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ डकाहा टोल बस्ने मगरको मृत्यु भएको हो । दुधौरा खोलामा माछा मारेर फर्कने क्रममा बुधबार राति साढे ११ बजे उनलाई गोली लागेको थियो ।

खोलामै रहेको सिरु घारीमा जंगली जनवारको शिकारको लागि थापेको भरुवा बन्दुकको पासोमा परेपछि बन्दुक पड्किएको प्रारम्भिक सूचना प्रहरीले पाएको छ । गोली लागेर गम्भीर घाइते अवस्थामा उनलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी वयोधा अस्पतालमा ल्याइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको खबर बिहीबार बिहान ३ बजे पाएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट १ थान भरुवा बन्दुक बरामद गरेको छ । बन्दुक कसको हो, पासोमै परेर उनको मृत्यु भएको हो वा कसैले पड्काएको हो ।

भन्ने बारेमा अनुसन्धान भइहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । प्रारम्भिक सूचना आउँदा जंगली जनावारका लागि थापिएको पासोमा परेर बन्दुक पड्कदा उनको मृत्यु भएको भनिएको छ’, उनले भने, ‘घटनाबारे थप अनुसन्धान गरिरहेका छौं ।’

Ad

RELATED POSTS

YOUR FEEDBACK: