नेपाल फाइनान्सको २९औं वार्षिक साधारणसभा शनिबार हुँदै

Ad
  • Kalopati

काठमाडौं । नेपाल फाइनान्सको वैशाख ३ गते शनिबार २९औं वार्षिक साधारणसभा हुने भएको छ । साधारणसभा काठमाडौंको होटल एल्लो प्यागोडा, कान्तिपथमा बिहान ११ बजे हुने भएको हो । आर्थिक वर्ष २०७७र७८ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफारनोक्सान हिसाब पारित गर्ने एजेण्डा रहेको फाइनान्सले जनकारी दिएको छ ।

सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेण्डा पनि रहेको छ । लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: