मनाङका ७२० बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै

Ad
  • Kalopati

मनाङ । टाइफाइडविरुद्धको खोप अभियानअन्तर्गत मनाङका ७२० बालबालिकालाई खोप लगाइँदैछ । तीन पालिकामा बिहीबार देखि तथा एउटा पालिकामा दोस्रो चरणमा बालबालिकालाई खोप लगाइनेछ ।

जिल्लामा विभिन्न स्थानीय तहका विद्यालयसहित स्वास्थ्य केन्द्र गरी २३ खोप केन्द्रमार्फत खोप लगाइने स्वास्थ्य कार्यालयका बाबुराम आचार्यले जानकारी दिए । उनका अनुसार ८० प्रतिशत भन्दा बढी खोप केन्द्र विद्यालयमा राखिएको छ । विद्यालयको खोप केन्द्रमार्फत ५३९ र विद्यालय बाहिर १८१ बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदैछ ।पहिलो चरणमा चैत २५ गतेदेखि २९ गतेसम्म नासों, चामे र मनाङ ङिस्याङ गाउँपालिकामा खोप अभियान सुरु गरिएको छ । दोस्रो चरणमा चैत ३० गतेदेखि वैशाख ३ गतेसम्म नार्पाभूमि गाउँपालिकामा खोप दिइनेछ ।

पन्ध्र महिनादेखि १५ वर्षमुनिकालाई खोप दिइँदैछ।अभियानमा स्वास्थ्यकर्मी र स्वयंसेवक गरी ७२ जना परिचालन गरिएको छ । खोप अभियानलाई प्रभावकारी बनाउन जिल्लाका स्वास्थ्यकर्मीलाई यसअघि नै तालिम प्रदान गरिएको आचार्यले बताए । –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: