सर्लाहीमा छिमेकीको सेप्टिक ट्यांकीमा भेटियो १० बर्षीय बालकको शव

Ad
  • Kalopati

जनकपुरधाम । सर्लाहीमा एक बालकको शव सेप्टिक ट्यांकीभित्र भेटिएको छ । मलंगवा नगरपालिका–१२ गम्हरियाका १० बर्षीय ५ दिनयता हराइरहेका आकाश ठाकुरको शव सेप्टिक ट्यांकीभित्र फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधव प्रसाद बूढाथोका अनुसार बिहीबार छिमेकी जगदिश ठाकुरको घरमै टाँसिएर रहेको शौचालयको सेप्टिक ट्यांकीभित्र बालकको शव भेटिएको हो बालकको हत्या गरी शव बोराभित्र हालेर सेप्टिक ट्यांकीमा फालिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । २० चैतमा गाउँमै आयोजना गरिएको भोज खान जाँदा हराएका आकाश राति अबेरसम्म घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।

खोजी गर्दै जाँदा प्रहरीले बालकको शव फेला पारेको हो । प्रहरीले बालकका छिमेकी जगदीश ठाकुरसहित ७ जनालाई नियन्त्रणमा लिएको बूढाथोकीले जानकारी दिए ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: