कामना सेवा विकास बैंकको १३४औं शाखा भरतपुरको ज्योतिनगरमा विस्तार

Ad
  • Kalopati

चितवन । कामना सेवा विकास बैंक लिमिटेडले चितवन जिल्लाको भरतपुर महानगरपालिका, वडा नं। २६ ज्योतिनगरमा १३४औं शाखा विस्तार गरेको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा चैत्र २० गतेदेखि कारोबार शुभारम्भ गरेको हो ।

बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङसेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ । बैंकिङ पहुंच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: