लक्ष्मी बैंक र आईसीआईसीआई बैंकबीच सम्झौता

Ad
  • Kalopati

काठमाडौं   । लक्ष्मी बैंक लिमिटेड र भारतको आईसीआईसीआई बैंक लिमिटेडबीच सम्झौता भएको छ । लक्ष्मी बैंक र आईसीआईसीआई बैंकबीच व्यापारिक साझेदारीका क्षेत्रहरू विस्तार गर्ने उद्देश्यले सम्झौता भएको हो ।

सो सम्झौतापत्र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र आइसिआइसिआइ बैंकको नेपालका लागि प्रमुख प्रतिनिधि रन्जन कुमार थापाले आदानप्रदान गरेका हुन् । उक्त सम्झौताले नेपाल र भारतबीचको परम्परागत अन्तर–बैंक भुक्तानीका साथसाथै त्तच् भुक्तानी गरी दुई देशबीच रेमिट्यान्स भुक्तानीको दायारा विस्तार गर्न सहज बनाउने छ । साथै यो सम्झौताल दुई बैंक बिच मानव संसाधन, प्रविधि र सञ्चालन लगायतका विविध क्षेत्रमा ज्ञान आदानप्रदान गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।

 

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: