सर्वसम्मत ढंगले स्थानीय तह निर्वाचनको उम्मेदवार चयन गर्न पार्टी नेतृत्वसँग नेता सिंहको माग

Ad
  • Kalopati

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सर्वसम्मत ढंगले स्थानीय तह निर्वाचनको उम्मेदवार चयन गर्न पार्टी नेतृत्वसँग माग गरेका छन् । नेता सिंहले स्थानीय तह निर्वाचनको उम्मेदवार चयनमा सर्वसम्मत हुन नसके स्थानीय स्तरमा छाप छोडेका व्यक्तिहरुलाई उम्मेदवार बनाउनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

तर विगतमा पार्टी नेतृत्वले निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बनाउँदा आफ्ना मान्छेलाई छान्दा समग्र पार्टीलाई असर परिरहेको उनको भनाई थियो । मंगलबार नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरुसँग आफ्नै निवास चाक्सीबारीमा भएको भेटमा नेता सिंहले हरेक निर्वाचनमा चाप्लुसी गर्ने व्यक्तिहरुले उम्मेदवारी पाउने गरेकोप्रति लक्षित गर्दै आफ्ना मान्छेहरुलाई स्थानीय तह, प्रदेश तथा संघीय निर्वाचनमा उम्मेदवार बनाउने परिपाटीका कारण सिंगो पार्टीलाई असर परिरहेको बताए ।

नेपाली काँग्रेसले स्थानीय तहको लागि निर्वाचनमा उम्मेदवार छनौट गर्दा पार्टीको विधान र नियमावलीलाई पालना गर्न आवश्यक रहेको पनि उनले बताए । त्यस्तै नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचत अध्यक्ष रवि सिंहले नेपाली काँग्रेसको नेतृत्वको सरकार बनेपछि निर्माण व्यवसायीहरुले राहत महशुस गरेको बताए । उनले आफूले निर्माण व्यवसायीहरुको हकहितका लागि काम गर्ने र निर्माण क्षेत्रमा रहेका विकृतिहरुलाई समाधान गर्ने पनि बताए

अध्यक्ष सिंहले गत कार्यकालमा भन्दा नयाँ कार्यकालमा आफूले निर्माणका काममा गरेको अठोटलाई पूरा गर्ने बताए । उनले कोरोनाको कारण अस्तव्यस्त बनेको निर्माण उद्योगलाई सही बाटोमा ल्याउन अबका दिनमा तीव्र गतिमा काम अघि बढाउने प्रतिवद्धता समेत जनाए ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: