माओवादी केन्द्रले केन्द्रीय समितिमा ९७ जना सदस्य मनोनित

Ad
  • Kalopati

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ९७ जना सदस्य मनोनित गरेको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा ९७ जना थप गरेका हुन् ।

केन्द्रीय समितिमा वाईसीएलका अध्यक्ष सुमन देवकोटा, प्रचण्डका स्वकीय सचिव रमेश मल्ल केन्द्रीय सदस्यमा मनोनित भएका माओवादी केन्द्र स्रोतले जनाएको छ ।  खुलातर्फ ५५ तथा समानुपातिक तर्फ ४२ जनाको नाम प्रचण्डले पेस गरेका हुन् । यसअघि माओवादीले २४७ जनालाई केन्द्रीय समिति सदस्य बनाएको थियो ।  माओवादी केन्द्रले गत पुसमा भएको महाधिवेशनबाट २४७ जना केन्द्रीय सदस्य चयन गरेको थियो ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: