महिला उद्यमीलाई प्रवर्द्धन गर्दै विमेन लेड हाट बजार सम्पन्न

Ad
  • Kalopati

काठमाडौं । माया मनोर बुटिक होटल हात्तीसारमा २ दिने विमेन लेड हाट(बजार) सम्पन्न भएको छ । फागुन २१ र २२ गते दिउँसो १ बजे देखि सँझ ७ बजे सम्म चलेको हाट(बजार)मा महिला ब्यवसायीका ४० वटा स्टल रहेका थिए । पर्यटन ब्यवसायी तृषाग्नी शाक्य सँगै द पार्क बजारका सन्चालक विशेषता श्रेष्ठ र निमा शेर्पा मानन्धरले ३ बर्ष देखि हाट(बजार) सन्चालन गर्दै आएका छन् ।

महिलाहरुको ब्यवसाय प्रवर्द्धन आयोजना गरिएको हाट(बजार)मा फरक क्षमता भएका र मानव बेचबिखनमा परि उद्दार गरिएका महिलाले निर्माण गरेका गहनाको बिक्रेता काश्य, मैथिलीकला सहितका सामग्री बिक्रेता मिथिला हाउस, घरपालुवा जनावरको लागि बनाइएका ढाकाको कपडा बिक्रि गर्ने ढ्वस्, फ्लेभर्ड दहिको बिक्रेता मिठो डेरी, रेज एण्ड नट्स लगायत स्टल रहेका थिए । अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा आयोजना गरिएको २ दिने हाट(बजारमा पहिलो दिन युवा पुस्ताको उत्साहजनक सहभागीता रहेको आयोजक तृषाग्नी शाक्यले बताइन् । मार्च महिलाहरुको ऐतिहासिक महिना भएकाले हाट(बजार) आयोजना गरिएको उनको भनाइ छ ।

एक हजार जनाले को हाट(बजार)मा इन्भेस्टिङ वर्कसप र ब्रा मेकिङ बर्कसप सन्चालन गरिएको छ । लगानिका अवसर र चुनौतीका बरेमा इन्भेस्टिङ वर्कसप केन्द्रित रहेको वर्कसप सहजकर्ता ग्रेस रौनियारले बताइन् । कार्यक्रमको दोश्रो दिन आइतबार नारीबाद सम्बन्धि अभिनयात्मक कविता प्रस्तुति समेत रहेको आयोजक विशेषता श्रेष्ठले बताइन् ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: