अमेरिकाको म्यूजियममा भेटिएको तीन वटा पूरातात्विक महत्वका सम्पदाहरु नेपाल फिर्ता

Ad
  • Kalopati

काठमाडौं । चोरी भएर विभिन्न मुलुक हुँदै अमेरिकाको म्युजियमहरुमा पुगेको तीन वटा पुरातात्विक महत्वको सांस्कृतिक सम्पदाहरु नेपाल फिर्ता भएको छ । बुधबार अमेरिकाको न्यूयोर्कस्थित रुविन म्युजिमय अफ आर्टका कार्यकारी निर्देशक डा. जोरिट बिट्सचेगीले चोरी निकास भई आफ्नो म्युजियममा पुगेको १७औं शताब्दीको काठको कलात्मक तोरण, १४औं शताब्दी कालका उडिरहेको गन्धर्वको आकृति कुँदिएको काष्ठकला र १३औं शताब्दीको मल्लकालिन ध्यानमुद्रामा रहेको प्रस्तरको बुद्धको मूर्ति काठमाडौं ल्याई पुरातत्व विभागलाई हस्तान्तरण गरेका हुन् ।

२२ हजार अमेरिकी डलर बराबरको पुरातात्विक महत्वको सांस्कृतिक सम्पदा फिर्ता भएको विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिए । उनले सो मूर्ति राष्ट्रिय संग्राहलयमा तत्कालका लागि राख्ने र पछि हराएको ठाउँमा नै सुरक्षित ढंगले प्रतिस्थापन गर्ने जानकारी दिए । त्यस अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले चोरी भएको नेपालको पूरातात्विक महत्वको ती सम्पदाहरु आफैले ढुवानीसहित व्यहोरेर नेपाल फिर्ता गरेको भन्दै रुविन म्युजियम अफ आर्ट र सो खोजी कार्यमा संलग्न परराष्ट्र मन्त्रालय, अमेरिकास्थित नेपालको महावाणिज्य दुतावास, पूरातत्व विभागप्रति आभार व्यक्त गरे ।

उनले लन्डन, पेरिसलगायतका विभिन्न मुलुकमा नेपालबाट चोरी निकासी भएका सांस्कृतिक सम्पदाहरु अझै रहेको र त्यसलाई फिर्ता गर्नका लागि सम्बन्धित निकाय र संचारकर्मीहरुले पुनः सहयोग गर्ने विश्वास व्यक्त गरे । पूरातत्व विभागका अनुसार नेपालबाट गैरकानुनी ढंगले चोरी भई विभिन्न मुलुकमा निकासी भएका पुरातात्विक महत्वका सम्पदाहरु ७६ वटा फिर्ता भईसकेका छन ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: