सरकारकै आग्रहमा आजको प्रतिनिधिसभा बैठक १५ गतेसम्मका लागि स्थगित

Ad
  • Kalopati

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक १५ गते स्थगित भएको छ । आज शुक्रबार दिउँसो १ बजे बोलाइएको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची थियो ।

सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर बैठक सार्न आग्रह गरेपछि संसद बैठक आइतबारसम्म स्थगित गरिएको हो । कानुनमन्त्री दिलेन्द्र बडूको आग्रहमा आज बस्ने भनिएको बैठक आइतबार दिउँसो १ बजे बस्ने गरी सारिएको छ,’ सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: