रुसलाई तत्काल युद्ध रोक्न आग्रहसहित शान्ति समाजले गर्यो प्रदर्शन

Ad
  • Kalopati

रुसलाई तत्काल युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्न विशेष आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले नेपालस्थित रुसी राजदुतावास वालुबाटार अगाडि प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागीहरुले रुस युक्रेनमाथि अतिक्रमण बन्द गर, तत्काल सैनिक फिर्ता गर, युद्ध रोक, शान्ति प्रवद्र्धन गर भन्दै ध्यानाकर्षण गराएका थिए ।

प्रदर्शन पश्चात मानव अधिकार तथा शान्ति समाजका तर्फबाट रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई लेखिएको पत्र नेपालस्थित रुसी राजदुतावासका अधिकारीलाई हस्तान्तरण गरिएको समाजले जनाएको छ । प्रदर्शनमा मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकारहरु होमकान्त चौलागाई र उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल,महासचिव रामकृष्ण बरालको सहभागीता रहेको थियो ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: