नेपाल स्काउटको प्रधान कार्यालयमा तोडफोड, ल्यापटप लगायतका सामग्री चोरी

Ad
  • Kalopati

काठमाडौं । नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौरमा एक अपरिचित समूहले कार्यालय तोडफोड र चोरी गरेको छ । मंगलबार दिउँसो स्काउटको कार्यालयमा एक अपरिचित समूह प्रवेश गरी स्काउटका कर्मचारीलाई हातापात गरि तोडफोड गरेको छ । साथै तोडफोड पछि त्यो समूहले चोरी समेत गरेको नेपाल स्काउटले बताएको छ ।  मंगलबार नेपाल स्काउटले पत्रकार सम्मेलन गरि तोडफोड पछि त्यो समूहले चोरी गरेको जानकारी दिएको छ ।

स्काउटको स्वामित्वमा रहेको जग्गा र व्यवसायीक भवनहरु खड्का ल्याण्ड डेभलपमेण्टले भाडामा लिएर अवैध संरचना बनाएको त्यसलाई रोक्न खोज्दा खड्का ल्याण्ड डेभलपमेण्टका मान्छेहरुले नै स्काउट कर्मचारी तथा कार्यालयमा नै तोडफोड गरेको आरोप नेपाल स्काउटले लगाएको छ । पत्रकार सम्मेलनमा बोल्दै नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले खड्काल्याण्ड डेभलपमेण्ट प्रा.ली.ले भाडा बापत ३ करोड १७ लाख ८ हजार ९ सय १० रुपैयाँ भाडा नतिरेकाले तीर्न ताकेता गर्दा एक समूहले कार्यालयमा तोडफोड गरेको बताए ।उनले खड्काल्याण्ड डेभलपमेण्टले भाडा पनि नतिर्ने तर स्काउटको सम्पत्तिमा अवैध संरचना बनाएकाले त्यसलाई रोक्न खोज्दा पूर्वराज्यमन्त्री समेत रहेका दिपक खड्काको नेतृत्वमा आएको एक समूहले कार्यालयमा तोडफोड गरेको बताए ।

भण्डारीले अवैधानिक रुपमा बनाईएका संरचनाहरु हटाउन आग्रह गर्दा प्रालिका संचालक खड्काकै नेतृत्वमा राज्यको सार्वजनिक सम्पत्ति माथि तोडफोड भएको बताए । उनले पछिल्लो समय नेपाल स्काउटले बालबालिका र युवाको नेतृत्व विकास तथा सम्पत्तिको संरक्षण गर्न नयाँ ढङगबाट अगाडि बढ्दा यस्तो अवस्था आएको बताए । उनले यसरी राज्यको आडमा केही व्यक्तिहरुले स्काउटको कार्यालय तोडफोड चोरी गर्ने तथा कर्मचारीहरुलाई धम्की दिने काम अत्यन्त निन्दनिय भएको बताए । भण्डारीले सार्वजनिक सम्पत्ती कब्जा गर्ने मनसाय स्काउट तोडफोड गर्ने घटनामा संलग्न व्यक्तिहरुलाई यथासक्य छिटो पक्राउ गरि कानुनी दायरामा ल्याई हदै सम्मको कारवाही गर्न माग सरकारसँग माग गरेका छन् ।

उनले स्काउट नेपाल सरकारकै एक अभिन्न अंग समेत रहेको सार्वजनिक कार्यालयमै समेत यस्तो किसिमको घटना हुनु मुलुकको सुरक्षा व्यवस्था प्रति नै चुनौति दिएको बताए । सार्वजनिक सम्पत्तीको तोडफोड र ल्यापटप चोरीमा संलग्न खड्काल्याण्ड डेभलपमेण्ट प्रा.ली. र संचालक दिपक खड्का लगायतलाई कानुनी कारबाही गर्न तथा सार्बजनिक सम्पत्तीको रक्षा गर्न र राष्ट्र सेवक कर्मचारीहरुको सुरक्षाका दिन सरकारसँग नेपाल स्काउटले माग गरेको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: