‘यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको वास्तविक तथ्याङ्क संकलन गरिने छ’ : मन्त्री रेग्मी

Ad
  • Kalopati

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको वास्तविक तथ्याङ्क संकलन गरिने बताएका छन् । मंगलबार मन्त्रालयले काठमाडौंमा आयोजना गरेको यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय र अन्य सरोकारवालाबीचको अन्र्तक्रिया कार्यक्रममा उनले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले धेरै समस्या भोग्नुपरेको भन्दै वास्तविक तथ्याङ्क संकलन गरेर समस्या समाधानको प्रयास गरिने बताएका हुन् ।

उनले आफ्नो पहिचान सहितको नागरिकता नपाउने अवस्थालाई समेत अन्त्य गरिने प्रतिवद्धता जनाए । मन्त्री रेग्मीले आफ्नो अधिकार प्राप्तीका लागि संघर्ष गर्नुपर्नेमा जोड दिए । उनले संगठीत भएर आवाजलाई बुलन्द बनाएर अघि बढे अधिकार प्राप्तीमा सहज हुने बताए ।उनले  मुलुकका सवै नागरिकको अधिकार प्रत्याभूत गर्ने जिम्मेवारी राज्यको भएपनि बिभिन्न कारणले यसमा पर्याप्त ध्यान पुग्न नसकेको उल्लेख गरे । कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका प्रतिनिधिहरुले राज्यले आफूहरुको समस्यमाका बारेमा गम्भीरता दिन नसकेको गुनासो गरेका थिए ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: