१ बजे प्रतिनिधि सभाको बैठक बस्दै, टेबुल होला त एमसीसी ?

Ad
  • Kalopati

आज दिउसो १ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलइएको छ। आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुन्छ कि हुँदैन भन्ने धेरैको चासोको बिषय भए पनि  एकिन भने भैसकेको छैन।

बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

६१ भोट रहेको नेपाली काँग्रेस एमसीसी पारित गर्नुपर्ने पक्षमा  छ । ९८ भोट रहेको  नेकपा एमालेले एमसीसीको पक्ष–विपक्षमा कुनै निर्णय लिएको छैन । ४८ भोट रहेको नेकपा माओवादी केन्द्र र २३ भोट रहेको नेकपा एकीकृत समाजवादी एमसीसीको बिपक्षमा छन्   ।

एमसीसी सम्झौता संसद्मा उपस्थित सदस्यमध्येको बहुमतबाट पारित गर्नुपर्ने हुन्छ । २७१ नै सदस्य उपस्थित भएमा बहुमतबाट पारित हुन १३६ भोट चाहिन्छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: